Harsamaya
नेसपामा विभाग प्रमुख र केन्द्रीय सदस्य तोकिए
नेपाल समाजवादी पार्टी (नेसपा-नयाँ शक्ति)को केन्द्रीय समिति बैठक।

काठमाडौं - नेपाल समाजवादी पार्टी (नेसपा-नयाँ शक्ति) ले नयाँ विभाग प्रमुख, केन्द्रीय सदस्य तथा प्रदेश उत्प्रेरक तोकेको छ। आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न परिषद्, आयोग तथा आंगिक संगठनका प्रमुखहरू पनि चयन गरेको हो।

पार्टीले ९ जना नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको छ। जसमा सिर्जना रिजाल, सरस्वती पाण्डे, कृष्ण शर्मा, राजु नेपाली, धन ब. गुरुङ, एकबहादुर राना, जेकेन्द्र श्रेष्ठ, जीएस गुरुङ र चिनक कुर्मी छन्।

त्यसैगरी, ६ विभागीय प्रमुख तोकिएका छन्। प्रशिक्षण विभागको जिम्मेवारी अध्यक्ष डा. बाबुराम भट्टराईले सम्हाल्नेछन् भने संगठन विभाग महासचिव सोनाम सिं स्याङ्तान, अन्तर्राष्ट्रिय विभाग उपाध्यक्ष मानुषी यमी भट्टराई, प्रवक्ता एवं प्रचार विभाग कृष्ण शर्मा, सामाजिक अभियान जीएस गुरुङ र आर्थिक व्यवस्थापन हरि रिजालले सम्हाल्नेछन्।

प्रदेश उत्प्रेरकदेखि विभिन्न परिषद् तथा आयोगमा पनि नयाँ नेतृत्व चयन भएको छ। संघीय परिषद्को अध्यक्ष डा. भट्टराई तोकिएका छन्, जसले विधान अधिवेशनको जिम्मेवारी सम्हाल्नेछ। साथै, पार्टीका आंगिक संगठनमा महिला, युवा, मजदुर, विद्यार्थी, किसान, आदिवासी, दलित तथा उद्योग व्यवसाय क्षेत्रका नेतृत्व पनि तोकिएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update