Harsamaya
ओलीले कार्यकर्तामाझ मनाए ७४औं जन्मदिन
प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन पार्टीका नेता तथा कार्यकर्तामाझ मनाएका छन् । 

प्रधानमन्त्री ओलीको जन्मदिनका अवसरमा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एमाले नेता, कार्यकर्ता शुभेच्छुकहरूले शुभकामना दिएका थिए ।

केपी ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँमा भएको थियो ।

२०७८ मंसिरमा भएको दशौं महाधिवेशनमा अध्यक्ष चुनिएका ओली नेपाली काँग्रेससँगको सहकार्यमा हाल चौथो पटक प्रधानमन्त्री बनेका छन् । 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update