Harsamaya
अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने
"हेल्मेट्स नेपाल" ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा  सम्झौता गरेको छ ।

काठमाडौं - विगत ९ वर्ष देखि हेलमेटको मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको "हेल्मेट्स नेपाल" ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा  सम्झौता गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बीच सम्झौता भएको हो । 

सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरूमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट,सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन् । 

पहिलो चरणमा काठमाडौँका शोरुमहरू टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरू रहने छन् । नक्सालस्थित यामाहाको ब्लु स्क्वायर शो रूममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरूमा यो सुविधाहरूलाई थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए । 

यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिङ्ग कल्चर अझै परिष्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ । ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिङ्ग एसिसोरिजहरुको सुविधा प्राप्त गर्न सक्नेछन् । यस अघि नै आफ्नो  २ अत्याधुनिक शो रुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस् नेपालले अब कुल ६ स्थानहरूबाट सेवा प्रदान गर्नेछ ।  

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update