Harsamaya
जनकपुरमा हुने चलचित्र शिविर स्थगित (सूचनासहित)
चलचित्र विकास बोर्डले गर्न लागेको ‘प्रदेशस्तरीय पटकथा लेखन प्रशिक्षण’ स्थगित। 

जनकपुर - चलचित्र विकास बोर्डले गर्न लागेको ‘प्रदेशस्तरीय पटकथा लेखन प्रशिक्षण’ स्थगित भएको छ। 

बोर्डका अध्यक्ष दिनेशराज दाहालले औपचारिक सूचना जारी गर्दै कार्यक्रम तत्काल नहुने जानकारी दिएका छन्। यसबाट सहभागीहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना माग्दै बोर्डले छिट्टै नयाँ मिति तय गर्ने सूचनामा उल्लेख गरेको छ। 

फागुन १३, १४ र १५ गते  बोर्डले जनकपुरमा ‘प्रदेशस्तरीय पटकथा लेखन प्रशिक्षण’ सहितको चलचित्र शिविर गर्न लागेको थियो।

सूचना :-

Chalchitra-Bikas-Board-1740309387.jpg


 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update