Harsamaya
पत्रकार महासंघकाे निर्वाचनले लोकतान्त्रिक मूल्यलाई पुनः पुष्टि गरेको छ - मुख्यमन्त्री शाह
नेपाल पत्रकार महासंघको सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मुख्यमन्त्री कमलबहादुर शाह।

धनगढी-  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल पत्रकार महासंघको निर्वाचनले लोकतान्त्रिक मूल्य र मान्यता थप स्थापित गरेको बताएका छन्।

महासंघको सुदूरपश्चिम प्रदेश समितिका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन कार्यक्रममा मुख्यमन्त्री शाहले अन्योलकाबीच पनि महासंघले केन्द्रदेखि स्थानीय तहसम्म सफल निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएको उल्लेख गरे।

उनले यस निर्वाचनले मुलुकमा राजनीतिक स्थिरता, विकास र समृद्धिको मार्गप्रति जनतामा विश्वास दिलाउन सन्देश दिएको बताए। साथै, वर्तमान सरकारको समझदारी निरन्तर अगाडि बढ्नेमा आफ्नो विश्वास रहेको पनि उनले प्रष्ट पारे।

कार्यक्रममा मुख्यमन्त्री शाहले पत्रकारहरूले लोकतन्त्र र समाजका मूल्य र मान्यता जोगाउन खेलेको भूमिकाको प्रशंसा गर्दै सबै संरचनालाई पद्धतिगत रूपमा अघि बढाउन आह्वान गरे।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update