डा. शेखर कोइराला नेपालगञ्जमा

काठमाडौं - नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला नेपालगञ्ज पुगेका छन् । लुम्बिनी प्रदेशमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी लुम्बिनी पुगेका हुन् । उनलाई शनिबार साँझ नेपालगञ्जको राझा विमानस्थलमा नेता कार्यकर्ताले भव्य स्वागत गरेका छन् ।
उनले आज बाँकेको काँग्रेस पार्टी कार्यालयमा नेता कार्यकर्तासँग भेटघाट गर्नेछन् । आजै उनले राप्ती साोनारी गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्नेछन् । यसअघि उनले कर्णाली प्रदेशका विभिन्न कार्यक्रममा सहभागी भएका थिए ।
उनी भोलि हुने नागरिक दैनिकको नागरिक कन्केल्भमा सहभागी भएर काठमाडौं फर्कनेछन् ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ ०८:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय