Harsamaya
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री ?
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा कायम गरिएको छ । 

आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ४७ र बिक्रीदर ८८ रूपैयाँ ८५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा तथा बिक्री दर १९ रूपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

dolor.JPG-3-1740277024.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update