फुङलिङमा निषेधाज्ञा जारी

ताप्लेजुङ - जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा लगाएको छ ।
शनिबार साँझ भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरेका हुन ।
शनिबार भएको झडपपछि सुरक्षा अवस्था संवेदनशील बनेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) अनुसार निषेधाज्ञा जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी आदेशअनुसार, आइतबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ ०७:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय