प्रतितोला एक हजारले घट्यो सुनको भाउ

काठमाडौं - नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो ।
चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१ १२:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय