
सुर्य देव र उनकी प्रेमिका बीचको प्रेम,
सुरुवातमा उज्यालो घामझैं थियो
तर, समयसँगै उनीहरूको सम्बन्धमा
आँधी आयो !
सुर्यदेवले सधैं माया, भरोसा र साथ दिए
उनकी प्रेमिका,
बैस, सौन्दर्य र स्वतन्त्रताको खोलामा बगिरहिन् ।
उनले आफ्नो इच्छालाई प्रेममाथि राखिन्,
जसले सुर्य देवलाई भित्रभित्रै जलायो
उनी प्रेमिकालाई सम्झाउन खोज्छन्,
सम्हाल्न खोज्छन्,
तर उनका शब्दहरू निरर्थक भइदिन्छन्
उनी सुस्केरा हाल्छन्,
आफ्नो जलेको प्रेमको खरानी समातेर बस्छन्।
एक दिन, जब उनी हेर्छन्,
प्रेमिका कुनै झरना जस्तै झरेर विलिन भइसकेकी हुन्छिन्
माटो र लिच्चड मिसिएझैं,
अब सुर्यदेवसँग केवल स्मृतिहरू बाँकी छन्,
जुन कहिल्यै मेटिन नसक्ने घाउ बनेर रहन्छन्।
हैया-होस्टे गर्ने समयमा खोइ कता गइइहेछ बल
मनका चाहना र शक्ति झनझन खोस्टे भइरहेछ पल
थिरमा छैन यी टुटेका मन,
कयौं पिडा र चिन्ताले बेवारिसे शव झै गल्दै गएको छ तन।
सम्हाल्नै सकेको छैन,
आकुलव्याकुल छ मन
आफ्नालाई आफ्नो बनाउन खर्चिनु परेको छ धन
आज यसै समय बित्यो,
चिन्तन र चित्कार सुन्ने छैनन् कसैका कान
जति गरेपनि हलकै हुर्किएकी चेलीको,
थाम्न सकिन ज्यान ।
पानीको तरङ्ग जस्तो,
उनको छ बग्ने शैली भिन्न
उनीलाई आफ्नो सुन्दरता र बैँसले,
रोक्दैन एक किनारमा स्थिर हुन्
कठाङग्रिएको दिमाग र हतासिएको मनले,
कतिन्जेल बग्छिन् होला
झरनाबाट खसेको र डम्पिङ साइटको लिचडसँग मिलेको दिन,
बाँकी छ मैले पर्खिन ।
आहा!,ओहो! का शब्दले खुम्चिएको छ,
हाम्रो पवित्र बन्धन
आज उनी व्यस्त छिन जहाँ,
त्यहाँ जिकिर हुन्छ मेरानै नराम्रो गन्थन
धिकार्दै मेरो माया आज,
बाहिरी आवरणमा फुर्किएको छ उनको चिरिएको मन
बिर्सिन होला उनले, कुनै बेला त्यही जलेको घाउमा,
मैले थपेको थिएँ मायाको मल्हम ।