इजरायलमा तीनवटा बसमा विस्फोट

काठमाडौं - इजरायलको प्रमुख सहरमध्ये एक तेलअभिभको दक्षिणमा अवस्थित बाट याम सरमा तीनवटा बसमा विस्फोट भएको छ । इजरायली प्रहरीले दुई अन्य बसमा बम विस्फोट गराउने उद्देश्यले राखिएका विस्फोटक पदार्थ निष्क्रिय पारेको छ ।
यी विस्फोटहरूमा अहिलेसम्म कुनै हताहतको विवरण आएको छैन । इजरायली प्रहरीले यसलाई शंकास्पद आतंकवादी हमला भनेको छ ।
इजरायलका यातायातमन्त्री मिरी रागेभले देशका सबै बस र रेलहरूको आवागमनमा रोक लगाएकी छन् । विस्फोट गराउन कुनै विस्फोटक पदार्थ जडान गरिएको हुनसक्नै भन्दै अनुसन्धान गर्न यस्तो निर्णय गरिएको हो ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१ ०८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय