Harsamaya
नेपाली चलचित्र ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा
पाली चलचित्र ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा

काठमाडौं - नेपाली चलचित्र ‘ताण्डवम्’ आजबाट प्रदर्शनमा आएको छ ।  हिंसात्मक दृश्य धेरै रहेको भन्दै सेन्सरमा रोकिएको सिनेमा ‘ताण्डवम्’का केही दृश्य काटिएपछि आजबाट प्रदर्शनमा आएको छ । 

केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले पीजी सर्टिफिकेट दिएपछि अन्ततः ‘ताण्डवम्’ प्रदर्शनमा आएको हो ।  

यो चलचित्र हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावकलाई लिएर जानु पर्नेछ । 

निर्देशक जुनिम गहतराजले कथाको मर्म नमर्ने गरी सिनेमाको हिंसात्मक दृश्य काटिएको बताएका छन् । 

पहिलोपटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पूरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।

सिनेमामा जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update