Harsamaya
अमेरिकामा अण्डाको हाहाकार
सांकेतिक तस्वीर: हर समय/Har Samaya

इस्तानबुल - अमेरिका अहिले गम्भीर रूपमा अण्डाको संकटबाट गुज्रिरहेको छ । बर्ड फ्लुको प्रकोपका कारण लाखौं कुखुरा मरेका कारण अमेरिकामा अण्डाको मूल्य एक्कासि आकाशिएको छ । 

सुपरमार्केट अण्डा नभएर खरिदमा खाली भएका छन् भने र रेष्टुरेण्ट मालिकहरूले उनीहरूको मेनु परिवर्तन गर्न बाध्य भइरहेका छन्।

यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाई सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको छ।

अमेरिकामा बर्ड फ्लुको प्रकोप सन् २०२२ देखि जारी छ र हालसम्म १६.२ करोडभन्दा बढी कुखुरा, टर्की र अन्य चराचुरुङ्गीहरू यसबाट प्रत्यक्ष प्रभावित भएका छन् । पछिल्लो समय अकस्मात बढ्दै गएको घटनाले अण्डाको अभाव झनै बढेको छ । युएस डिपार्टमेन्ट अफ एग्रीकल्चर (युएसडीए) ले यो रोग नियन्त्रण गर्न भ्याक्सिनको भण्डारण गरिरहेको छ तर यसको व्यापक प्रयोग भने अझै सुरु गरिसकेको छैन ।

अण्डाको अभावलाई सम्बोधन गर्न अमेरिका टर्कीबाट अण्डा आयात गर्न बाध्य छ । यस सम्झौताबाट टर्कीले लगभग २६ मिलियन डलर  कमाउने भएको छ। टर्की पहिले नै संसारमा शीर्ष १० अण्डा निर्यात गर्ने देशहरूमा पर्छ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update