Harsamaya
राप्रपाको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदै
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहत् भण्डाफोर कार्यक्रम आजबाट सुरू हुँदैछ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन दिएको वक्तव्यले उत्साहित भएको राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले आजबाट ‘बृहत भण्डाफोर’ कार्यक्रम गर्न लागेको हो ।

राप्रपाका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङका अनुसार आज पहिलो दिन बृहत् भण्डाफोर कार्यक्रम पोखराबाट सुरू हुँदैछ ।

उनका अनुसार फागुन १७ बुटवल, फागुन १८ धनगढी, फागुन २१ जनकपुर, फागुन २५ काठमाडौं र अन्तिम कार्यक्रम भने फागुन २७ गते सुर्खेतमा हुनेछ । 


  

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update