Harsamaya
 तीनवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

काठमाडौं - संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक दिउँसो १ बजेबाट सुरू हुनेछ ।

उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक भने बिहान ११:३० बजेबाट सुरू हुनेछ । जुन बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र उद्योग मन्त्रालयका प्रतिनिधिसँग छलफल हुनेछ । 

साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय एवम् मातहतका निकाय र आयोजनाको पुँजीगत बजेटको कार्य प्रगति (अर्ध वार्षिक) को बारेमा छलफल हुनेछ । जुन बैठक बिहान ११ बजे बोलाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  ०७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update