Harsamaya
भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाई
दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता ।

काठमाडौं - भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको सपथ ग्रहण गरेकी छिन् । 

सपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरू पनि उपस्थित भएका थिए । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, संघीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। 

दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको सपथ दिलाएका थिए । 

समारोहमा मुख्यमन्त्री गुप्ताले सपथ ग्रहण गरेसँगै उनको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्रीपदको सपथ लिएका छन् । 

राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, ‘गुप्तालाई संघीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ । नियुक्ति सपथ लिएको मितिदेखि लागू हुनेछ।’
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update