हनुमानढोका युवक मृत्यु प्रकरणः दुईजना प्रहरीको नियन्त्रणमा

काठमाडौं - हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिरअगाडि एक युवक मृत भेटिएको प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
हातमा सुजन शाक्य नाम लेखेका ३१ वर्षीय एक युवक आज मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, ‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।’ मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय