माओवादी केन्द्र चौरजहारी नगर समितिका अध्यक्षले दिए राजीनामा (राजीनामा पत्रसहित)

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिम चौरजहारी नगर समितिका अध्यक्षले राजीनामा दिएका छन् । नगर अध्यक्ष शुन्दर शर्मालगायत सात जनाले उपाध्यक्षसमक्ष राजीनामा दिएका हुन् । राजीनामा दिनेमा नगर अध्यक्ष शुन्दर शर्मा, सदस्यहरू लालबहादुर कामी, परशुराम लामिछाने, भद्रबहादुर बुढा, असारी दमाइ र ललिता विष्ट रहेका छन् ।
नगर समितिमा मनोनीतको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको, निर्वाचन आयोगमा उजुरी दिएको र सामाजिक सञ्जालहरूमा समेत नकारात्मक टीकाटिप्पणी गरेकोले राजीनामा दिएको आज उनीहरूले दिएको राजीनामा पत्रमा उल्लेख छ ।
माओवादी केन्द्र चौरजहारी नगर समितिको तेस्रो नगर अधिवेशन (२०८१ पौष १३ - १७) बाट उनीहरू निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ १७:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय