Harsamaya
कांग्रेसका वरिष्ठ नेता कोइराला कर्णाली प्रदेश जाँदै
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला सुर्खेत जाने भएका छन् ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न कोइराला बिहीबार बिहान त्यसतर्फ जाने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ । 

कोइरालाले फागुन ८ गते बिहान १० बजे सुर्खेत पुगे लगत्तै नेपाली कांग्रेस पार्टी कार्यालय सुर्खेतमा कार्यकर्ता भेटघाट गर्ने छन् । त्यसपछि दिनभर कोइराला भेटघाटमा व्यस्त हुनेछन् । कोइरालाले कर्णाली प्रदेशका विभिन्न जिल्लाका नेताहरुसँग भेटघाट गर्नेछन् ।

त्यस्तै फागुन ९ गते नेपाली कांग्रेस पूर्व आप्रवासी समन्वय केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रमलाई कोइरालाले सम्बोधन गर्ने छन् र सोही दिन उनी काठमाडौ फर्कनेछन् ।

शेखरको साथमा कांग्रेस केन्द्रीय सदस्यहरु दिपक गिरी, सरिता प्रसाईं, माननिय रंगमती शाही, दिक्पाल शाही, मैना कार्की लगायत १ दर्जन नेता पनि सुर्खेत जाने छन् । कोइरालाको भ्रमण र कार्यक्रमको आवश्यक तयारीका लागि नेता हृदयराम थानी १ साता देखि सुर्खेत छन् ।

 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update