Harsamaya
सुनको भाउ तोलाको ११ सयले बढ्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा सुनको भाउ लगातार ३ दिन बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल ११ सय रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ । 

यसअघि सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १२०० र ७०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update