Harsamaya
तमु ल्होसारले राष्ट्रिय एकता र सद्भावलाई थप मजबुत बनाउँछ: अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव ।[फाइल फोटो]

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । 

गुरुङ समुदायको महान् पर्व ल्होसारको अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उनले यस पर्वले नेपालमा तमु जातिलगायत सम्पूर्ण नेपालीहरूबिच बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता, एकता, सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्दै राष्ट्रिय एकता मजबुत हुने उल्लेख गरेका हुन् ।

अध्यक्ष यादवले नेपालमा तमु जातिले नयाँ वर्षको रूपमा मनाउने तमु ल्होसारले छुट्टै मौलिकता, परम्परा र सांस्कृतिक महत्त्व राख्ने बताए । साथै उनले तमु ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने तमु समुदायलगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :-

Jasapa-Shubhakamana-Tamu-Loshar-1735534576.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update