‘लाज शरणम’को प्रचारप्रसार रोक्न उच्च अदालतको आदेश

काठमाडौं - पाटन उच्च अदालतले ‘लाज शरणम’को प्रचारप्रसार रोक्न आदेश जारी गरेको छ । पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ गर्दै मंगलबार न्यायाधीधद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।
अदालतले ‘लाज शरणम’को प्रचारप्रसार सामाजिक संजाल र संचारमाध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ।
फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए ।
चलचित्र विकास बोर्डलाई विपक्षी बनाउँदै आलमले रिट दायर गरेका थिए ।
जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’ फागुन १४ गते शिवरात्रीमा प्रदर्शन तयारीमा छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ २२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय