Harsamaya
तमु ल्होसारले राष्ट्रिय एकता र सांस्कृतिक सद्भावलाई मजबुत बनाउँछ: अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल ।[फाइल फोटो]

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन् । देश तथा विदेशमा रहेका तमु समुदायका साथै समस्त नेपाली आमा बुवा, दिदीबहिनी, दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् । 

तमु ल्होसारले आफ्नो समुदायको परम्परागत संस्कृतिको संरक्षण, प्रवर्द्धन र विकासमा विशिष्ट भूमिका खेलेको छ । यस पर्वमा तमु समुदायले आफ्नो भेषभुषा, पहिचान र संस्कारसहित जमघट हुने, गोष्ठी, प्रवचनका साथै नाचगान गर्ने र विभिन्न परिकार बनाएर खाने प्रचलन छ ।

संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकतालाई राष्ट्रियको मेरुदण्डका रूपमा आत्मसात् गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।

सबै जातजाति र समुदायका नेपाली जनताबिच सामाजिक, सांस्कृतिक सद्भाव, भ्रातृत्व र राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिने विश्वास उनले व्यक्त गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति :-

Rastriya-Sabha-Shubhakamana-Tamu-Loshar-1735533674.jpg
 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update