Harsamaya
राष्ट्रियसभा बैठकः पानी जहाज विधेयक विधायन समितिमा पठाइने
राष्ट्रियसभा

काठमाडौं - राष्ट्रियसभाको बैठक बस्दैछ । 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको बार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

साथै, भौतिक पुर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले ‘पानीजहाज (सञ्चालन तथा ब्यवस्थापन) विधेयक, ०८१ लाइ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयद्वारा जारी गरेको कार्यसूचीमा उल्लेख गरिएको छ ।
Capture.JPG-3284-1739842275.jpg
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ०७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update