प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं - प्रतिनिधिसभाको बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, ०७९/८०’ पेश गर्नेछन् ।
साथै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पति भएको विद्युतीय व्यापार विधेयक, ०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा विद्युतीय व्यापार (इ कमर्श)विधेयक, ०८१ लाइ पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१ ०६:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय