अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी

काठमाडौं - अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा म्यानमारले उद्घाटन खेलमा विजयी भएको छ।
सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर विजयी सुरूवात गरेको हो ।
म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।
दुबै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो जितसँगै ४ देश सम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय