Harsamaya
हलेसी बजारमा ग्यास पसल भएको घरमा आगलागी 
खोटाङको हलेसी बजारमा ग्यास पसल भएको एउटा घरमा आगलागी ।

खोटाङ - खोटाङको हलेसी बजारमा ग्यास पसल भएको एउटा घरमा आगलागी भएको छ । हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा आगलागी भएको हो । 

खाना पकाउने क्रममा ग्यास सिलिण्डरबाट सुरु भएको आगो नियन्त्रण बाहिर गएको स्थानीय सयन्द्र राईले जानकारी दिए । उनका अनुसार स्थानीवासी र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । 

पानी अभावले आगो निभाउन समस्या भएको आगलागी नियन्त्रणमा खटिएकाहरूले बताएका छन् । ग्यास सिलिन्डर पसलसमेत रहेको उक्त घरको आगो निभाउन नसक्दा बजारका अरू घरमा पनि फैलिनसक्ने खतरा सम्भावना देखिएको जनाइएको छ ।

आगलागी भएको घरमा हार्डवेयर पसलसमेत भएकाले ठूलो क्षति हुने भएको देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हिराधन राईले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २१:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update