Harsamaya
बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

दार्चुला - बैतडीको सुनर्या गाउँपालिका-४ डबरालिमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घाँस काट्ने क्रममा स्थानीय २३ वर्षीया दिपा बोहराको भीरबाट लडेर मृत्यु भएको हो ।

स्थानीय जयसिंया भीरमा घाँस काट्ने क्रममा लडेर दिपाको घटनास्थलमै मृत्यु भएको हो। 

मृतक महराका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन्। घरमा ८ महिने छोरा छन्।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २१:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update