Harsamaya
सुर्खेत विद्यार्थी बोकेको बस स्टेरिङ फेल भएर दुर्घटना
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धनगढी - बाजुराका विद्यार्थी बोकेको बस सुर्खेत दुर्घटना भएको छ। नेपालगञ्ज भ्रमणका लागि विद्यार्थी बोकेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३०५४ नम्बरको बस आइतबार बेलुका कर्णाली राजमार्ग अन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–५ आपखोलीमा स्टेरिङ फेल भएर दुर्घटना भएको हो।

बस बाजुरा जिल्लाको भानुदय विद्यालयको २६ जना विद्यार्थी बोकेर नेपालगन्ज भ्रमणको लागि हिँडेको थियो। बस दुर्घटना हुँदा राजमार्गबाट १० मिटर तल खसेको छ। 

दुई विद्यार्थी घाइते भएका छन्। घाइते हुनेमा बाजुराको बुढीगङ्गा नगरपालिका–६ का १८ वर्षीय हेमराज जैसी र सुनिलराज उपाध्याय रहेका छन्। उनीहरूलाई उपचारको लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत लगिएको छ।

अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update