Harsamaya
शान्दार मम घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो
कमलपोखरीस्थित सानदार म:म पसलमा माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु।

काठमाडौँ - कमलपोखरीस्थित शान्दार म:म पसलमा माघ २३ गते आगलागी हुँदा घाइते भएका थप एक जनाको मृत्यु भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले बताए। लामाको शनिबार राती मृत्यु भएको हो। आगलागीमा परी घाइते भएका अन्य सात जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

यसअघि उदयपुरको उदयपुरगढी–७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको मृत्यु भइसकेको छ। उनीहरूको पनि उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update