Harsamaya
टिपर दुर्घटनामा परी चालकको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बागलुङ - बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।

आज साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग१क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा  गुल्मीको इस्मा गाउँपालिका-३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।

टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update