Harsamaya
अर्थमन्त्री पौडेल र मेयर आचार्य कीर्तिपुर बर्न अस्पतालमा,  अवस्था जोखिममुक्त
पोखरा भ्रमण वर्ष २०२५ उद्घाटनका क्रममा शनिबार बेलुन फुटेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल ।

काठमाडौं - आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीकाअनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले बताए । 

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । बर्न अस्पतालका निर्देशक डा किरण नकर्मीले दुवैजना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए । 

kritipur-1739622859.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update