
कैलाली - धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएका छन् । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उनले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहेका हुन् ।
धनगढी–८ बुद्धचोक बसोबास गर्दै आउनुभएका विश्वकर्माले काठमाडौंको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिएका थिए । अनुभवपछि उनले गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गरेका हुन् ।
विश्वकर्माले वार्षिक रु एक लाख ५० हजार तिर्नेगरी चार कट्टा जमिन भाडामा लिई व्यवसाय गर्दै आएका छन् । विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा रु ५० लाख लगानी व्यवसाय सञ्चालन गरेको उनले बताए ।
मासिक रु ४० हजार बचत हुँदै आएको विश्वकर्माले जानकारी दिनुभयो । छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उहाँले बताउनुभयो । तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक रु ३६ हजार खर्च लाग्ने उल्लेख गरे ।