Harsamaya
‘मोही पूर्जाको हक सुनिश्चित गर’ भन्दै स्वर्गद्वारी गुठी पीडितको माइतीघरमा प्रदर्शन (फोटोहरू)
दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा प्रदर्शन।

काठमाडौं - दाङ देउखुरीका स्वर्गद्वारी गुठी पीडित मोही किसानले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् ।

मोही पूर्जाको हक सुनिश्चित गर, धर्म संस्कृतिको रक्षा गर, जमिन माथिको द्वयत स्वामित्व अन्त्य गर लगायत प्लेकार्ड लिएर उनीहरूले प्रदर्शन गरेका छन् । 

३ हजार ५ परिवार स्वर्गद्धारी गुठीको मोही बसेको दाङमा कुल १ हजार ५० विघा जमिन गुठीअन्तर्गत छ । पीडितहरुसँग भएको मोहीयानी पुर्जा २०६२ चैत १४ गते सर्वोच्च अदालतको संयुक्त इजलासबाट परमादेशसमेत जारी गरी खारेजी गरिएको थियो ।

त्यसपछि अन्यायमा परेको ती परिवारले गत वर्ष २०८० फागुन ७ देखि १ महिना लामो आन्दोलन दाङमा गरेका थियो । सरकारसँग दुई बुँदे सम्झौता भएको एक वर्ष हुनै लाग्दा पनि सम्झौता कार्यान्वयन नगरिएको उनीहरूको गुनासो छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति’ लाई वार्ताका आउन बुधबार आव्हान गरेको छ ।

Swargadari-Guthi-Pidit-1-1739440923.png
Swargadari-Guthi-Pidit-3-1739440933.png
Swargadari-Guthi-Pidit-2-1739440925.png
Swargadari-Guthi-Pidit-4-1739440936.png
Swargadari-Guthi-Pidit-5-1739440941.png
Swargadari-Guthi-Pidit-6-1739440944.png
Swargadari-Guthi-Pidit-7-1739440950.png
Swargadari-Guthi-Pidit-8-1739440953.png
Swargadari-Guthi-Pidit-9-1739440959.png
Swargadari-Guthi-Pidit-2-1739441088.png
 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update