Harsamaya
आज सुनको भाउ २३ सय रुपैयाँले बढ्यो
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज बिहीबार एकैदिन सुनको भाउ २३ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २३ सयले बढेर प्रतितोला छापावाल सुन १ लाख ६९ हजार ८ सय रुपैयाँमा कायम भएको छ। यसअघि बुधबार सुन तोलामा १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै चाँदी १९ सय ६५ रुपैयाँमा कायम भएको छ। हिजो चाँदी प्रतितोला १ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update