दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ - संघीय संसदका दुई समितिको बैठक बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ।
महिला तथा सामाजिक मामिला समितिमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने भएको छ। जुन बैठक अपरान्ह १२:०० बजे बस्नेछ।
उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपरान्ह १२:३० बजे बस्नेछ। जुन बैठकमा ूसङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफलले निरन्तरता पाउनेछ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय