
खोटाङ - नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको सभापतिमा ज्ञानेन्द्र जोशी निर्वाचित भएका छन्। पाँच कार्यकाल जिल्ला सभापति सम्हाल्ली सकेका अर्का उम्मेदवार कुमारसिंह बस्नेतलाई दोब्बर बढी मतले पराजित गर्दै जोशी दोस्रो कार्यकालका सभापति निर्वाचित भएका हुन्।
१२ औँ जिल्ला अधिवेशनअन्तर्गत बुधबार साँझ भएको निर्वाचनमा जोशीले ८१ मत ल्याएर विजयी हुँदा बस्नेतले ४० मत प्राप्त गरेका छन्। यस्तै, महिला उपसभापतिमा डिल्लीकुमारी आचार्य र खुला उपसभापतिमा भद्रबहादुर बस्नेत विजयी भएका छन्। आचार्यले ७० मत तथा बस्नेतले ४५ प्राप्त गरेका छन्।
समितिको मन्त्रीमा छत्रकुमार बजिमय, कोषाध्यक्षमा लीलाबहादुर खत्री, उपकोषाध्यक्ष अशोक आचार्य, उपमन्त्रीमा कृष्णप्रसाद अधिकारी विजयी भएका छन्। तीनजना महिला सदस्यमा जोशी इन्दिरा बस्नेत, कमला रिजाल र उर्मिला दाहाल विजयी भएका छन्। यस्तै, सदस्यमा गोपाल राई, पुस्विन खत्री र किशोर श्रेष्ठ, रामचन्द्र केसी, कर्णबहादुर बस्नेत र यामबहादुर निरौला विजयी भएका छन्।