Harsamaya
ग्रीस पठाइदिन्छु भन्दै ६ लाख ठग्ने महिला पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - वैदेशिक रोजगारीमा ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका-४ झ्यालबास घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने ३० वर्षीया रोश्मी सोती छिन्।

उनलाई बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। रोश्मीले ग्रीस पठाइदिन्छु भन्दै एक जना पीडितबाट ६ लाख ४० हजार रुपैयाँ ठगी गरेको उक्त कार्यालयले जनाएको छ।

रकम लिएपछि सम्पर्कविहीन भएकी रोश्मीको खोजीका लागि पीडितले निवेदन दिएका थिए।

अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं वनस्थलीबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update