Harsamaya
नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्यांकन गरौँ - प्रमुख शाह  
काठमाडौंका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोल ।

काठमाडौं - काठमाडौंका प्रमुख बालेन्द्र शाह (बालेन)ले नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धिमा दाँजेर हेर्नुपर्ने बताएका छन् । 

काठमाडौं प्लाजाको सभा कक्षमा आयोजित समीक्षा कार्यक्रममा बोल्दै प्रमुख बालेनले नतिजालाई खर्चमा भन्दा भौतिक उपलब्धिमा दाँजेर अवस्था पत्ता लगाउनु पर्ने बताएका हुन् ।  

‘पैसा खर्च गरे प्रगति हुने, खर्च नगरी काम गरे प्रगति नहुने विधि सच्याउनु पर्छ’ उनले भने, ‘महत्वपूर्ण कुरा भनेको नागरिकलाई दिनु पर्ने सेवा सहजै प्राप्त भएको छ कि छैन । तर्जुमा गरिएका कामको प्रभावकारी कार्यान्वयन भएको छ कि छैन भन्ने हो ।’

 उनले लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन भएका छन् भने खर्च भएन भनेर गुनासो गर्नु नपर्ने बताए । 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update