नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह गठन, अध्यक्षमा तामाङ

काठमाडौं - नुवाकोटमा पहिलो पटक सञ्चारिका समूह नेपाल गठन भएको छ । जिल्लामा कार्यरत महिला सञ्चारकर्मीहरूको संस्थागत विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले समूह गठन गरिएको हो ।
आज बुधवार जिल्ला सदरमुकाम विदुरमा भएको महिला सञ्चारकर्मीहरूको भेलाले ७ सदस्यी समूह गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा शक्तिमाया तामाङ, उपाध्यक्षमा भगवती लामा, महासचिवमा रुपा अर्याल, सचिवमा करुणा लामिछाने, कोषाध्यक्षमा प्रितिका थापा, सदस्यहरुमा पार्वती विक र विनिता पनेरु रहेका छन ।
नव गठित समूहले छिट्टै नै प्रक्रियागत रुपमा काम थाल्ने र महिला सञ्चारकर्मीहरुको क्षमता अभिवृिद्धका कार्यक्रमहरु सञ्चालन गर्ने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय