
काठमाडौं - मण्डला थिएटरमा नयाँ नाटक ‘उम्लिँदो खरानी र लेम्लेम्मा’ मञ्चन हुँदैछ । जुन नाटकले पहाडका कथा, पहिरोको त्रासदी, बस्तीको संघर्ष र जीवनका तीता-मीठा अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ।
पशुपति राईको परिकल्पना र निर्देशनमा बनेको यो नाटक विजय बरालको निर्माणमा तयार भएको हो । लेखन तथा रूपरेखा मिल्सन राईले गरेका छन्। थ्रोट सिङ्गिङ, मुर्चुङ्गा अर्केस्ट्रा, गोठाले भाकासहितका मौलिक गीतहरूले दर्शकलाई नेपाली पहाडी सभ्यताको गहिराइमा लैजानेछन्।
ठिन्ले ल्हामो, प्रयास बान्तवा राई, रिन्छेन कुन्छोक मोक्तान लगायतका कलाकारहरूले नाटकलाई जीवन्त बनाउनेछन्। मञ्च सजावटदेखि संगीत संयोजनसम्म, सारा तुनिच कोँइच सुनुवार, अनुराग कोइँच, युग पाख्रिन र अन्य कलाकारहरूले विशेष योगदान दिएका छन्।
यो नाटक फागुन ९ देखि चैत्र ३ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुनेछ। प्रत्येक दिन साँझ ५:३० बजे नाटक मञ्चन हुनेछ । शनिबारको लागि दिउँसो १ बजे पनि अतिरिक्त शो राखिएको छ। जीवनको संघर्ष र सपनाको रंगमञ्चीय चित्रण हेर्न चाहने दर्शकका लागि यो नाटक छुटाउनै नहुने छ।