बबरमहलमा रहेका सरकारी कार्यालय डुबानमा

काठमाडौं - बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्दा सरकारी सरकारी कार्यालयहरू डुबानमा परेका छन् ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेर सरकारी कार्यालयहरू डुबानमा परेको जानकारी दिए ।
वन परिसर, विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढी पसेको छ ।
पाइप फुटेपछि पानी बन्द गरिएको उनले बताए । अहिले काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १५:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय