सुनको मूल्य तोलामा दुई हजार सात सयले घट्यो

काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार ७०० ले घटेको हो ।
मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ३० निर्धारण गरिएको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १२:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय