Harsamaya
इराकमा भएको हवाई आक्रमणमा दुई जना आइएस लडाकुको मृत्यु
फोटो सौजन्य: सर्जेन्ट ब्रान्डन बोलिक द्वारा सार्वजनिक

बग्दाद - मध्य इराकी प्रान्त सलाहुद्दिनमा भएको हवाई आक्रमणमा दुई इस्लामिक स्टेट (आईएस) लडाकू मारिएको इराकी सेनाले मङ्गलबार जनाएको छ ।

गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले सोमबार प्रान्तको उत्तरपूर्वी भागमा रहेको बालकाना क्षेत्रमा आइएस लडाँकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

सेना र खुफिया कर्मीहरूको संयुक्त टोलीले मङ्गलबार बिहान बम भएको क्षेत्रमा खोजी गरेको थियो, जहाँ उनीहरूले दुई आतङ्ककारीको शव, हतियार, मोबाइल फोन र अन्य वस्तुहरू फेला पारेको विज्ञप्तिमा भनिएको छ ।

सन् २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केहि सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरुमा लुकेका आइएसका अवशेषहरुले सुरक्षा बल र नागरिकहरुविरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update