Harsamaya
रोल्पामा अटो दुर्घटनामा एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - रोल्पामा अटो दुर्घटना हुँदा वृद्धको ज्यान गएको छ। 

सुर्पाल-लिवाङ सडक खण्डमा धारापानीतर्फ जाने क्रममा रा १ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भएर मंगलबार दिउँसो ३ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा स्थानीय ६५ वर्षीय इन्द्र घर्तीको घटनास्थलमा मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा अटोमा सवार रोल्पाकै सुनिलस्मृति गाउँपालिका –२ का ६२ वर्षीय मानबहादुर परियार र चालक रुन्टीगढी-१ का ३८ वर्षीय मनराज नेपाली घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update