काठमाडौं - निर्देशक सुरेश काफ्लेको निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘ए मायालु’ सार्वजनिक भएको छ । गायक किरण गौतम र रचना रिमालको सुमधुर आवाज रहेको यस गीतमा अभिनेता बिरेन्द्र राणा, समीर सुवेदी र एलिना थपलिया मुख्य भूमिकामा देखिएका छन् ।
‘काले दाइ क्रिएसन’ को प्रस्तुति रहेको भिडियोमा प्रेमको अनौठो अभिव्यक्ति प्रस्तुत गरिएको छ । गीतका शब्दमा प्रेम, समर्पण र जीवनभर सँगै रहने प्रतिज्ञा देख्न सकिन्छ । विशेष गरी ‘पानी मागे मायाले ताल दिन्छु, त्यही तालमा हाम्फाल भने फाल दिन्छु’ जस्ता रोचक पंक्तिहरूले दर्शकको ध्यान खिच्ने सम्भावना छ ।
गीतमा किरण गौतमको संगीत तथा कल्पना, कमल सौरागको संगीत संयोजन र कुमार सानु पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । भिडियोलाई कल्पेश विश्वकर्माले सम्पादन र रंग संयोजन गरेका छन् भने छायांकन तथा डिओपी सुरेश काफ्लेले गरेका हुन् ।
यो भिडियो किरण गौतम नामक अफिसियल यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ । गीतले दर्शक तथा श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।