Harsamaya
आठ किलो लागूऔषधसहित  बझाङका दुई युवक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

धनगढी - कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले बझाङका दुई युवकलाई पक्राउ गरेको छ।

बझाङ पाथिभारा गाउँपालिका–२ का महेन्द्र बहादुर रोकाया र सोही ठाउँका अमर बहादुर रोकायलाई इलाका प्रहरी कार्यलय ब्रहमदेबबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ बाट पक्राउ गरेको जनाएको हो। 

उनीहरूलाई चेकजाँच गर्दा महेन्द्र बहादुर रोकायको साथबाट ४ किलो ३३९ ग्राम र अमर बहादुर रोकायको साथबाट ४ किलो ५८७ ग्राम गरी जम्मा ८ किलो ९२६ ग्राम लागूऔषध बरामद गरेको प्रहरीले जनाको छ।
 

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update