गायिका एलिना चौहानले गरिन् सम्बन्धबिच्छेद

काठमाडौं - अन्ततः गायिका एलिना चौहानको सम्बन्धबिच्छेद भएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतले उनीहरुबिचको सम्बन्धबिच्छेदको मुद्दा टुंगो लगाएको हो । न्यायाधीश मोना सिंहको इजलासमा अंश र मानाचामल नलिने गरी सम्बन्धबिच्छेद भएको अदालतका सूचना अधिकारी दिपक कुमार श्रेष्ठले जानकारी दिए ।
अदालतमा विष्णु सापकोटाका बुबा वारेसको रूपमा उपस्थित भएका थिए । माघ दोस्रो साता चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । यो जानकारी स्वयं गायिका चौहानले सामाजिक सञ्जालमार्फत दिएकी हुन् ।
एलिना र विष्णुले २०८१ वैशाख ५ गते विवाह गरेका थिए ।
<>
प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१ १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय