Harsamaya
 शान्दार मम घटना: आगलागीमा घाइते भएका दुई जनाको मृत्यु
शान्दार मम रहेको भवन ।

काठमाडौं -  गत बिहीबार कमलपोखरीस्थित शान्दार मम रहेको भवनमा ग्यास विस्फोटमा परी घाइते भएका ११ जना कामदारमध्ये दुई जनाको मृत्यु भएको छ । 

किर्तिपुर अस्पतालका प्रवक्ता डा. निजिता ताम्राकारले हेटौडाका १८ वर्षीय रबिन राई र उदयपुरका २५ वर्षीय भीमबहादुर घलेको मृत्यु भएको जानकारी दिइन् ।  कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा राईको गएराति र घलेको आज बिहान मृत्यु भएको उनले बताइन् । उनीहरूको शरीरको ५० प्रतिशत जलेको ताम्राकारले जानकारी दिइन् । 

अन्यको सोही अस्पतालमा उपचार भइरहेको छ । अन्य ९ जनामा केहीको अवस्था गम्भीर रहेको उनले बताइन् ।  ‘वर्न केसमा पहिलो दिनमानै के कति जलेको थाहा हुन्न’  उनले भनिन्,  ‘समयसँगै बिरामीको कन्डिसन थाहा हुने हो ।’  

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update