Harsamaya
बाबुराम नेतृत्वको नेसपाको महाधिवेशन आज समापन हुँदै
डा. बाबुराम भट्टराई।

काठमाडौँ - डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेशन आज समापन हुँदैछ ।

काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।

‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ । सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरिएको हो । 

भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ ।

गत आइतवारदेखि सुरू भएको महाधिवेशनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेशन समापन गर्नेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update